| सोमवार, कार्तिक २३, २०८३

गोरखामा थप सात जनामा कोरोना संक्रमण

बुधबार गोरखामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखामा सात जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्दैशनालय पोखराले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गोरखा नगरपालिका वडा नं.५ का २४ वर्षिय पुरुष ,वडा नं.६ का ३८ वर्षिय पुरुष र ३७ वर्षिय महिला, भिमसेनथापा गाउँपालिकाका ३८ वर्षिय महिला , आरुघाट गाउँपालिका वडा नं. ८ का ६४ वर्षिय पुरुष, गण्डकी गाउँपालिका वडा नं.७ का २५ वर्षिय वर्षिय पुरुष ,वडा नं. ८ का ३२ वर्षिय पुरुष गरी सात जना संक्रमित थपिएको स्वास्थ्य निर्दैशनालयले जानकारी दिए ।

पोखरा निर्दैशनालयका निर्दैशक विनोद विन्दु शर्माको भनाईका अनुसार संक्रमितहरुको कन्ट्राक्ट ट्रेसिङको माध्यमबाट पहिचान भएको बताए ।

प्रतिक्रिया दिनुहोस्