| आइतवार, कार्तिक २२, २०८३

पाल्पामा कोरोनाबाट थप एकको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पाल्पामा थप एक जनाको मृत्यु भएको छ। रैनादेवि छहरा गाउँपालिका ६ का ८६ वर्षीय पुरुषको शनिबार राती कोरोनाबाट मुत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।  

८६ वर्षीय ती पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएका ती व्यक्तिको मंसिर २५ गते पिसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो।  

पाल्पामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३२६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्