| सोमवार, कार्तिक २३, २०८३

गोरखा अदालतले धरौटीमा रिहा गरेको ज्यान मुद्धाका आरोपीलाई उच्च अदालतद्वारा थुन्न आदेश

गोरखा अदालतले धरौटीमा रिहा गरेको ज्यान मुद्धाका आरोपीलाई उच्च अदालतद्वारा थुन्न आदेश
गोरखा जिल्ला अदालतले एकलाख रुपैयाँ धरौटी लिएर साधारण तारेखमा थुनामुक्त गरेका कर्तव्य ज्यान मुद्धाका अभियुक्तलाई उच्च अदालत पोखराले पुन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश गरेको छ ।

पक्राउ परेको एक महिनापनि नबित्दै जिल्ला अदालतले रिहा गरेका सिरानचोक ८ तल्लो फिनामका निरमान भनिने सञ्जित थापा मगरलाई उच्च अदालतले गत कात्तिक २० गते पुन थुनामा राख्न आदेश गरेको हो ।

गतबर्षको माघ १ गते राती आफ्नै हजूरआमा नाता पर्ने मनमाया श्रेष्ठको हत्या आरोपमा २० बर्षका थापाविरुद्ध गत माघ २० गते किटानी जाहेरी दर्ता भएको थियो । जिल्ला न्यायधिश रमेशकान्त अधिकारीको गत फागुन ७ गतेको इजलासले थापालाई एकलाख रुपैयाँ धरौटी लिई साधारण तारेखमा रिहा गर्न आदेश गरेको अदालतले जनाएको छ ।

सरकारी वकिल कार्यालयले थुनामा राखेर अनुसन्धान गर्नुपर्नेमा सो आदेश त्रुटीपूणर् रहेकोले सच्याइ पाउँ भन्दै उच्च अदालत पोखरामा माग गरेको थियो । सोहीबमोजिम गत कात्तिक १६ गतेको का.मु. मुख्य न्यायधिश किशोर सिलवाल र न्यायधिश सुवास पौडेलको इजलालसले सो आदेश बेरीत देखिएकाले थुनामा राखी मुद्धाको कारबाही किनारा गर्नुहोला भन्ने आदेश आएको अदालतले जनाएको छ ।

उच्च अदालतको आदेश बमोजिम जिल्ला अदालतले प्रहरीलाई गत कात्तिक २० गते पुन पक्राउ गर्न आग्रह गरेको थियो । प्रहरीले सञ्जित मगरलाई सोही दिन पक्राउ गरेको र पुनः थुनामा राखिएको स्रेस्तेदार विनोद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्