| सोमवार, कार्तिक २३, २०८३

कोरोना संक्रमणबाट तीन वृद्धको मृत्यु

कोरोना संक्रमणबाट झापा, मोरङ र सुनसरीमा तीन वृद्धको मृत्यु भएको छ। 

सुनसरीको रामधुनी-७ का ६३ वर्षीय वृद्धको बिहीबार बिहान नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ। ती वृद्धलाई २३ गते अस्पताल भर्ना गरिएको थियो। 

यस्तै, दमक-१० का ६९ वर्षीय वृद्धको कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएको थियो।

मोरङको उर्लाबारी-१ का ८४ वर्षीय वृद्धको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ।  कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको बुधबार राति ९ बजे मृत्यु भएको उर्लाबारी नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्