
पत्रकार न्यौपानेमाथि ज्यानमार्ने धम्की दिनेविरुद्ध महासंघको आपत्ति
नेपाल पत्रकार महासंघ, गोरखा शाखाले महासंघका सदस्य राजेन्द्र न्यौपानेलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ ।
समाचार लेखेको आधारमा अपाच्य गाली गलौज गर्दै ज्यान मार्ने धम्की समेत दिने नेपाल दलित विद्यार्थी संघ, गोरखाका अध्यक्ष तथा नेविसंघ गोरखाका सदस्य रचन परियारलाई कारबाही गर्न महासंघले माग गरेको छ ।
उक्त घटनाले पत्रकार र पत्रकारिता क्षेत्र माथी ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ । समाजमा आतंक फैलाउदै समाचार लेखेबापत पत्रकारलाई गुन्डागर्दी शैलीमा धम्की दिएको यस घटनाप्रति घोर निन्दा एबम भत्र्सना गर्दै दोषीमाथि तत्काल पक्राउ गरी कानुनी कारबाहीका लागि माग गरेको छ ।




