| सोमवार, कार्तिक २३, २०८३

बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवलमा भएको सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। 

बुटवलको राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९  नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई बुधबार मध्यान्ह १२ बजेतिर ठक्कर दिएको हो। 

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी गेटअगाडि नै दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक बुटवल ८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । 

प्रहरीले स्कुटरलाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्