| सोमवार, कार्तिक २३, २०८३

नेपालमा थप ८२ वर्षीया कोरोना संक्रमितको मृत्यु

नेपालमा थप ८२ वर्षीया कोरोना संक्रमितको मृत्यु भएको छ ।

झापाको दमक नगरपालिका-३ निवासी ८२ वर्षीया महिलाको मंगलबार बिहान ७ : ५० बजे मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

मिर्गौलासम्बन्धी समस्या भएकी उनलाई मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्