
कोरोनाका कारण गोरखा अस्पतालमा उपचाररत ७५ वर्षिय वृद्धाको मृत्यू
गोरखा अस्पतालमा उपचाररत एक वृद्धाको कोभिड १९ (कोरोना) संक्रमणका कारण शुक्रवार राती ज्यान गएको छ ।
मंसिर ९ गतेदेखि गोरखा अस्पतालको आइसियूमा उपचाररत गोरखा नगरपालिका ६ कि ७५ वर्षिय वृद्धाको ज्यान गएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।
उपचाररत वृद्धा १० महिनादेखि हिडडुल गर्न नसक्ने गरी थलिएका कारण शारीरिक अवस्था निकै कमजोर र निमोनिया रहेको अस्पतालले जनाएको छ ।
मंसिर ८ गते अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेकी वृद्धालाई ९गते कोरोना पोजेटिभ भएको थियो ।




