
गण्डकी प्रदेशमा १० वर्ष मुनिका ३१३ जना बालबालिका कोरोना संक्रमित गोरखाको मात्र ३५ जना
नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका ५ हजार ५ सयभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख १८ हजार ६ सय ३९ जना कोरोना संक्रमितमध्ये ५ हजार ५ सय ८८ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।
तीमध्ये २ हजार २ सय ८३ जना बालिका रहेका छन् भने ३ हजार ३ सय ५ जना बालक रहेको मन्त्रालयले जनाएको छ।
त्यसै गरी गण्डकी प्रदेशमा दस वर्षमुनिका ३१३ जना बालबालिका कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको कुन जिल्लामा कति बालबालिका संक्रमित रहेका छन् भन्ने तथ्याङक यस प्रकार रहेका छन् ।
गोरखामा १८ जना बालिका र १७ जना बालक, मुस्ताङमा एक जना बालिका, कास्कीमा ३७ जना बालिका र ३८ जना बालक, तनहुँमा १२ जना बालिका र १३ जना बालक, नवलपरासीमा २३ जना बालिका र ४२ जना बालक, स्याङजामा पाचँ जना बालिका र १५ बालक, बाग्लुङमा एक जना बालिका र आठ जना बालक, पाल्पामा १७ जना बालिका र १४ जना बालक, नवलपरासी पश्चिममा १२ जना बालिका र २० जना बालक र पर्वतमा एक जना बालिका र तीन जना बालक रहेका छन् ।




