| सोमवार, कार्तिक २३, २०८३

नेपालमा थप एकजना कोरोना संक्रमितको ज्यान गयो

 रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुषको कोरोना अस्पताल विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

गत कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएपछि २६ गते अस्पताल भर्ना भएका उनको बुधबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनमा अधिक तौल (एक सय केजी) को समस्या रहेको डा. गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्