
गोरखा अस्पतालमा पालुंटारका कोरोना संक्रमितको मृत्यु
गोरखामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
गोरखाको पालुङटार नगरपालिका वडा नं ७ च्यांलीका एक पुरुषको सोमबार मुत्यु भएको जिल्ला अस्तपालले जानकारी दिए ।
८३ वर्षिय पुरुष कोरोना संक्रमित देखिएपछि उनलाई एक हप्तादेखि अस्पतालको आइसियुमा उपचार गरिदै आएको थियो । उनलाई फोक्सोको क्यान्सरबाट पिडित थिए ।
उनको मृत्यु बिहान ७ बजेर २५ मिनेटमा भएको सुचना अधिकारी कृष्ण ढकालले बताए ।




