
पौने २ लाख सहित मध्यराति ३४ जना जुवाडे पक्राउ
मध्यराति कौडा खेलिरहेका ३४ जनालाई पक्राउ परेको छ ।
गोरखाको सिरानचोक गाउँपालिका वडा नं ७ खहरेमा नगत, कौडासहित ३४ जना जुवाडेलाई प्रहरी कार्यलय गोरखाको टोलीले पक्राउ गरिएको एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
उनिहरुसँगको १ लाख ७५ हजार बरामद गरिएको एसपी गुरुङले जनाए ।
हाल जिल्ला प्रहरी कार्यलय गोरखा हिरासतमा राखिएकोे बताइएको छ ।
जुवाडेहरुलाई जुवा ऐन अनुसार कारवाही हुने एसपी गुरुङले जानकारी दिए ।




