| सोमवार, कार्तिक २३, २०८३

नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु

 नेपालमा थप १ कोरोना संक्रमित मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले रुपन्देहीको देवदह नगरपालिका ७ का ४७ वर्षीय पुरुषको आज मृत्यु भएको रातोपाटीलाई बताए ।  

कात्तिक २० गते कोरोना पुष्टि भएका उनलाई २१ गते अस्पताल भर्ना गरिएको थियो  । उनलाई एचआईभी पोजिटिभ पनि रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्