
गोरखामा डाक्टरसहित चार जनामा कोरोना संक्रमण पुष्टि
गोरखामा आज एक डाक्टरसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गोरखा अस्पतालमा कार्यररत २९ वर्षीय डाक्टरमा संक्रमित पुष्टि भएको हो ।
उनीसहित थप तीन जना पुरुषमा संक्रमण पुष्टि भएको पोखरा स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।




