| आइतवार, कार्तिक २२, २०८३

प्रहरी नियन्त्रणबाटै फरार

जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

 जिल्लाको शुक्लागण्डकी नगरपालिकाबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

शुक्लागण्डकी–६ खैरेनीटार स्थित सापकोटा होटेलबाट उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शुक्लागण्डकी–११ का दिपक श्रेष्ठ, दिपक विक, शंकर शर्मा, कमल थापा, व्यास–१० का मोतिकुमार श्रेष्ठ, ढोरपाटन नगरपालिका–४ बाग्लुङका टेक छन्त्याल र बालकोट–४ पर्वतका रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताएका छन् ।

प्रहरीले उनीहरुको साथबाट एक लाख ९७ हजार ९५० रुपैयाँ र एक बुक तास समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्