
गण्डकीमा थप १ सय ७८ जना कोरोना संक्रमित पुष्टि
आज गण्डकी प्रदेशमा १ सय७८ जना कोरोना संक्रमित थपिएको छ।
पोखरा स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान र मध्यान्हमा उपलब्ध गराएको अध्यावधिक विवरणअनुसार प्रदेशमा १ सय ७८ जना नयाँ संक्रमित थपिएका हुन्।
थपिएका संक्रमित मध्ये कास्कीका १००, नवलपरासी पूर्वका ४७, पर्वतका १४, तनहुँका ११, स्याङ्जाका २, बागलुङका २ र लमजुङका २ जना रहेको निर्देशनालयले जनाएको हो ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ४२ पुगेको छ।




