| आइतवार, कार्तिक २२, २०८३

गण्डकीमा थप ८८ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ८८ जना कोरोना संक्रमित थपिएको छ ।

प्रदेशका ६ जिल्लामा ८८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका ५०, गोखराका ३३, लमजुङका २ तथा तनहुँ, नवलपरासी, बागलुङका १/१ कोरोना संक्रमित रहेका छन् ।

यो सँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ८ सय २८ पुगेको छ ।

तीमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्