| सोमवार, कार्तिक २३, २०८३

आज गोरखाका प्रजिअ सहित ३२ जनालाई कोरोना संक्रमण

आज गोरखाका प्रजिअ सहित ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई गरी ३२ जनामा कोरोना संक्रमण भएको छ । ४४ वर्षका प्रजिअ दम्पत्तिमा संक्रमण पुष्टि भएको पोखरा स्वास्थ्य निर्दैशनालयले जानकारी दिए ।

त्यसै गरि गोरखा नगरपालिकामा १० जना, पालुङटार नगरपालिकामा सात जना, शहित लखन गाउँपालिकामा चार जना, अजिरकोट गाउँपालिकामा सात जना,आरुघाट गाउँपालिकामा एक जना र आँपपिपल अस्पतालमा उपचाररत एक जनामा कोरोना पुष्टि भएको निर्दैशनालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्