
नेपालमा कोरोनाका कारण ८७६ जनाको मृत्यु
नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ८७६ जनाको मृत्यु भएको छ ।
हालसम्म एक लाख ४० हजार छ सय ९४ जनाको स्वाब परिक्षण गर्दा एक लाख ६० हजार चार सय जनालाई कोरोना पुष्टि भएको हो । एक लाख १८ हजार आठ सय ४३ जना निको भएका छन् ।
त्यसैगरि विश्वमा कुल संक्रमित चार करोड ३८ लाख ७३ हजार चार सय १२ जना रहेका छन्, भने ११ लाख ६६ हजार ३९ जना मृत्यु भएका छन् । तीन करोड २२ लाख ३६ हजार छ सय ५४ जनाले कोरोना जित्न सफल भएका हुन् ।




