
चितवनका दुई प्रयोगशालामा गरिएको परीक्षणमा ९२ संक्रमित थपिए
चितवनका दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जना कोरोना संक्रमित थपिएका छन्।
चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ र भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जना संक्रमित थपिएका हुन्।
प्रयोगशालाकाअनुसार थपिएका संक्रमितमा चितवनका मात्रै ७२ जना छन्।
नवलपुर र मकवानपुरका ५र५, काठमाडौं,भक्तपुर, नुवाकोट, काभ्रे, गोरखा, लमजुङ, उदयपुर, झापा, सर्लाही र नवलपरासीका एक÷एक जनामा संक्रमण पुष्टि भएको सम्बन्धित प्रयोगशालाले जनाएका छन्।




