
गोरखामा बालिकालाई करणी गरेर फरार युवक बाराबाट पक्राउ
१६ वर्षिय बालिकालाई जरवस्ती करणी गरेको अभियोगमा पक्राउ परेको एक युवक कारागार चलान भएका छन् ।
बारा गढिमाई नगरपालिका ३ घर भएका २३ वर्षिय बिजय प्रसाद यादबले गत बैशाख २८ गते शहिदलखन गाउँपालिका २ मा एक बालिकालाई करणी गरेको आरोप लागेको थियो ।
घटनापछि फरार यादबलाई असोज १५ गते जिल्ला प्रहरी कार्यालयले बारा प्रहरीको सहयोगमा घरबाटै पक्राउ गरिएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।
आईतवार नै उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले कारागार चलान गरेको छ ।




