| आइतवार, कार्तिक २२, २०८३

इञ्जिनियर्स एशोसिएशनका पूर्व अध्यक्ष देवकोटाको कोभिड १९ बाट निधन


शिव उप्रेती
गोरखा : नेपाल इञ्जिनियर्स एशोसिएशनका पूर्व अध्यक्ष सरोज देवकोटाको कोभिड १९ संक्रमणका कारण निधन भएको छ । स्वास प्रस्वासमा समस्या देखिएपछि वीपीस्मृति अस्पताल वसुन्धरामा भर्ना भएका देवकोटाको ११ दिनपछि आइतबार बिहान निधन भएको परिबार स्रोतले जनाएको छ ।

पिसिआर परीक्षणपछि सो अस्पतालले उनमा कोरोना संक्रमण पुष्टि गरेको थियो ।
देवकोटा पूर्वाञ्चल क्याम्पसका प्रथम क्याम्पस प्रमुख, गोरखा काठमाडौं प्रजातान्त्रिक समाजका पूर्व अध्यक्ष, सिटिइभिटीका पूर्व उपाध्यक्ष, सेण्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका संस्थापक अध्यक्ष तथा भवानी मावि पालुङ्टारका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत हुन् ।

पालुङ्टार नगरपालिका ३ पण्डितगाउँ घर भई हाल काठमाडौं वसुन्धरा बस्दै आएका ६२ बर्षीय देवकोटाका एक छोरा, एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्