| आइतवार, कार्तिक २२, २०८३

गोरखामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्ठि


गोरखामा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।

गोरखाको पाँच पालिकाको ११ जनामा कोरोना पुष्ठि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिए । संक्रमित हुनेहरुमा गोरखा नगरपालिका –४ का ३० वर्षीय महिला र वडा नं ६ का २४ वर्षीय महिला र ५२ वर्षीय पुरुष रहेका छन् ।

सहिदलखन गाउँपालिका वडा नं ७ का ४७,४५,२८ वर्षीय पुरुष र बारपाक सुलिकोट गाउँपालिका–४ का २०,२० वर्षीय दुई पुरुष रहेका छन् ।

पालुङटार नगरपालिका—१ का २३ वर्षीय पुरुष, वडा नं ४ का ३० वर्षीय महिला आरुघाट गाउँपालिका वडा नं ८ का ३२ वर्षीय पुरुष र सोहि गाउँपालिका वडा नं ९ का महिला र कोरोना संक्रमण भएको प्रदेशले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्