
गोरखाका एक खच्चड गोठाला खोलाले बगाएर बेपत्ता
खच्चड धपाउने क्रममा खोलाले बगाएर गोरखाका एक खच्चड गोठाला बेपत्ता भएका छन् ।
चुमनुब्री गाउँपालिका ३ पाङसिङका ४५ बर्षीय हरि गुरुङ धार्चे ३ खोर्लाबेशीको खोर्लाखोलाले बगाएर बेपत्ता भएका स्थानीय वीरबल घलेले जानकारी दिए ।
घटनाको बारेमा जानकारी पाएपछि माछाखोला चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिप्रका गोरखाका डिएसपी वासुदेव खटिवडाले जानकारी दिए ।




