| आइतवार, कार्तिक २२, २०८३

राम्चे प्राबि बुंकोटकी शिक्षिका श्रेष्ठको स्कुटर दुर्घटनामा मृत्यू

स्कूटर दुर्घटनामा घाइते गोरखाकी एक शिक्षिकको उपचारको क्रममा मृत्यू
स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएकी गोरखाकी एक शिक्षिकाको उपचारको क्रममा शनिबार मृत्यू भएको छ ।


गतसाता गोरखा सदरमुकाममा स्कुटर दुर्घटनामा घाइते भई राम्चे प्रावि शहीद लखन गाउँपालिका ८ की शिक्षिका फूलमाया श्रेष्ठको शनिबार मृत्यू भएको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए ।
मेरुदण्डमा गम्भीर असर परेपछि उनको सैनिक अस्पताल छाउनीमा भर्ना गरी उपचार गरिएको थियो ।

शिक्षिका श्रेष्ठ बुङ्कोट श्रेष्ठ समाजकी सहसचिव तथा छापथोक कल्याणकारी आमा समूहकी पूर्व अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्