| आइतवार, कार्तिक २२, २०८३

साउदीमा कोरोना संक्रमित ८२ नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट साउदी अरेबियामा कार्यरत ८२ जना नेपालीको मृत्यु भएको छ। दुतावास रियादका अनुसार हालसम्म ६८ जना र वाणिज्य दुतावास जेद्धाका अनुसार १४ जना गरी हालसम्म ८२ जना नेपालीको कोरोना भाइरसबाट मृत्यु भएका छन्। ५ हजारभन्दा बढी नेपाली संक्रमित भएका छन्।

 साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ३७ हजार २ सय ४३ जना संक्रमित, ४ हजार ९ सय २३ जनाको मृत्यु र ३ लाख २२ हजार ६ सय १२ जना निको भएका छन्। 

प्रतिक्रिया दिनुहोस्