| आइतवार, कार्तिक २२, २०८३

१६ जनाको ज्यान लिएको बाग्लुङ दुर्घटना : पीडित परिवारले अझै पाएनन् बीमा रकम

 गुल्मीको ईस्मा गाउँपालिकाबाट बाग्लुङमा कूल पूजा गर्न जाने क्रममा जिप दुर्घटनामा परेर १६ जनाको ज्यान गएको झण्डै एक वर्ष बितिसक्दा पनि मृतकका परिवारजनले दुर्घटना बीमाको रकम अझै पाउन सकेका छैनन् । 

२०७६ साल मंसिर १७ गते विहान ईस्मा गाउँपालिका वडा नम्वर ४ पैंयाबाट कार्की टोलबाट बाग्लुङको ढोरपाटन नगरपालिकातर्फ कूल पूजा गर्न जाने क्रममा सडकदेखि तल खोलामा जीप खसेर १४ जनाको घटनास्थलमा नै र दुई जनाको उपचारका क्रममा ज्यान गएको थियो ।

उक्त दुर्घटनामा श्रीमती गुमाएका तिलबहादुर कार्कीले भने, ‘सो बेला किरिया खर्च दिने क्रममा एक दुई महिना मै जनही ५ लाखका दरले बीमा रकम आउँछ भनिएको थियो तर एक वर्ष हुनै लाग्दा पनि दिइएको छैन् ।’

त्यतिबेला प्रति परिवार २५ हजारका दरले गुल्मी यातायात व्यवसायी संघले किरिया खर्च दिएको थियो । ‘किन उनीहरुको बीमा रकम अहिले सम्म दिइएन त ?,’ भनेर सोध्दा संघका प्रबन्धक डोलबहादुर कुँवर भन्छन्, ‘कोरोना संक्रमणका कारण ढिला भएको हो । अब छिट्टै दिलाउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्