
पहिरोले गोरखा उहियाका चार घर बिस्थापित
हेलन गुरुङ
गोरखाको धार्चे गाउँपालिका वडा नं ३ उहियामा पहिरो जाँदा चार घर परिवार बिस्थापित भएका छन् ।
शनिबार राती करिब दुईबजे गएको पहिरोले धनबहादुर गुरुङ, डम्बरसिङ गुरुङ, किसान गुरुङ र धनसरी गुरुङको घरपरिबार बिस्थापित भएको वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए ।
पहिरो करिब तीनसय मिटर लामो छ ।
पहिरोले सार्वजनिक भवन, किसान गुरुङको आँगन बाटो सबै लगेको र वाङदिङ टोललाई समेत क्षति पु¥याएको छ ।
अझै पानी प¥यो भने घर नै पहिरोले बगाउन सक्ने जोखिम रहेकाले किसान गुरुङ, वाङदिङ टोलका मनसरा गुरुङ र धनसरी गुरुङ छिमेकीको घरमा बस्दै आएका स्थानीय जनप्रतिनिधि प्रमिना घलेले जानकारी दिइन् ।
घर पहिरोले क्षति पु¥याएको र छोराछोरी र श्रीमान पनि नरहेकाले करिब ८० बर्षकी धनसरी गुरुङको बिचल्ली भएको उनले बताइन् । ‘परिबार कोही पनि नभएको र भएको एउटा घर पनि पहिरोका कारण छोड्नुपर्दा उहाँको बिचल्ली भएको छ’, उनले भनिन् ।
तस्वीर : इन्द्रप्रसाद गुरुङ ।





