| आइतवार, कार्तिक २२, २०८३

नेपालमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

 सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा गरिएको परीक्षणमा कैलालीका ५४, कञ्चनपुरका १३, बैतडीका २, डोटीका १५ र अछामका १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की ले जानकारी दिए ।

प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ हजार ८८३ पुगेको छ । विभिन्न अस्पतालबाट थप १० जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ५ हजार ८८३ पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्