| आइतवार, कार्तिक २२, २०८३

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित ३० वर्षीय युवाको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत् एक जना कोरोना संक्रमित युवाको मृत्यु भएको छ। 

कैलाली जिल्ला गोदावरी नगरपालिका १ का ३० वर्षीय युवाको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो।

उनी सोही दिन भर्ना भएका थिए। उनी मिर्गौलापीडित हुन्। श्वासप्रश्वासमा समस्या देखिएपछि उनी भर्ना भएका थिए। 

उनको पिसिआर संकलन गरी आइसियुमा उपचार थालिएको थियो। 

तर, उनको उपचार राति ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए। शनिबार बिहान रिपोर्ट आउँदा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

प्रतिक्रिया दिनुहोस्