| आइतवार, कार्तिक २२, २०८३

बेनिघाट लार्के सडकमा काम गर्ने एक मजदुरको लडेर मृत्यू

बेनिघाट–लार्के सडक खण्डमा काम गर्ने क्रममा चिप्लिएर लड्दा आईतवार एक मजदुरको मृत्यू भएको छ । धार्चे गाउँपालिका वडा नम्बर ३ लाक्पाल बस्ती नजिकै धार्चे वडा नम्बर १ दुवानका २० वर्षिय दिपक गुरुङको ज्यान गएको हो ।
काम गर्नेक्रममा गुरुङ चिप्लिएर करिब ४० मिटर तल बूढीगण्डकी किनारमा खसेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको घटनास्थलमै मृत्यू भएको र शव आज आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्