| बिहिबार, अशोज ७, २०८३

गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु, कुल संख्या २८ पुग्यो

गण्डकीमा थप एक जनाले  कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । नवलपुर मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो।

निमोनिया र श्वासप्रश्वाससम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो । रुपन्देहीको लुम्बिनी अस्पतालमा उपचाररत ती पुरुषको स्वाब जाँच गर्दा संक्रमण पुष्टि भएको थियो ।

भदौ  २६ गते दिउँसो उनको मृत्यु भएको थियो । अस्पताल प्रशासनले जानकारी दिएपछि स्वास्थ्य निर्देशनालयले मृतकको संख्या थपिएको जनाएको छ । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

पछिल्लो अपडेटअनुसार कुल संक्रमितको संख्या २१९१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्