| बुधबार, साउन २६, २०८३

भक्तपुरका दुई जना र काठमाडौंका एक जना कोरोना संक्रमितको मृत्यु

ललितपुरमा कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय पुरुषको शनिबार बिहान ७:४० बजे मृत्यु भएको छ। उनी भदौ २६ गते अस्पताल भर्ना भएका थिए।

यस्तै, शनिबार बिहान २ बजे पाटन अस्पतालमा काठमाडौंका ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनी भदौ १९ गतेदेखि अस्पताल भर्ना भएका थिए।

पाटन अस्पतालमै भक्तपुरका ७२ वर्षीय वृद्धको मृत्यु भएको छ। उनको शुक्रबार राति पौने १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनी भदौ १७ गतेदेखि भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्