
अवैध उत्खनन गरेर बालुवा चोर्ने दुईवटा ट्याक्टर प्रहरी नियन्त्रणमा
अवैध रुपमा खोलाबाट बालुवा उत्खनन गरेर ढुवानी गर्ने दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । लु १ त ५६७३ र ग १ त ५२५६ नम्बरको ट्याक्टरलाई प्रहरीले बिहिवार गोरखा नगरपालिका १२ बाह«किलो र तेह«किलोबाट नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको दुबै ट्याक्टरलाई कारवाहीका लागि गोरखा नगरपालिकाको कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए ।
साउन यता प्रहरीले अवैध उत्खनन गरेर बालुवा, ढुङ्गा ओसार पोसार गर्ने १२ वटा ट्याक्टर नियन्त्रणमा लिएर कारवाहीका लागि नगरपालिका कार्यालयमा पठाइसकेको जनाएको छ ।




