| बुधबार, असार ९, २०८३

गोरखामा १० जना कोरोना संक्रमित थपिए

 

मंगलबार गोरखामा १० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय पोखराको बिहान पौने बाह्रबजेको अपडेट अनुसार यहाँका चार पालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा गोरखा नगरपालिकाका ५ जना छन् । जसमा पाँचबर्षका, २२ बर्षका २३ बर्षका पुरुष तथा ६५ र २५ बर्षीया महिला रहेको बताइएको छ । उनीहरु सबै शनिबार कोरोनाबाट मृत्यु भएकी बृद्धाको कन्ट्यक्ट ट्रेसिङ्गमा परेका थिए ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ । जसमा ३० बर्षका पुरुष तथा २४ र ४६ बर्षिया महिला रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

भीमसेन थापा गाउँपालिका ३ का ७० बर्षका पुरुष एक जना र सिरानचोक गाउँपालिका ६ का १७ बर्षीय एक युवक रहेको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए ।

कन्ट्याक ट्रेसिङमा परेका ४४ जनामध्य अहिलेसम्म ३५ जनाको रिपोर्ट आइसकेको छ । नौ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्