| आइतवार, कार्तिक २२, २०८३

जिल्ला प्रशासन कार्यालयको सेवा अनिश्चितकालसम्मका लागि बन्द

गोरखाको जिल्ला प्रशासन कार्यालयले अनिश्चितकाल सम्मका लागि सेवा बन्द गरेको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सूचना जारी गरी अर्को सूचना नहुञ्जेलसम्मका लागि कार्यालयबाट अत्यावश्यक सवारी सहजीकरण पत्रबाहेक अन्य सेवा नगर्ने जनाएका छन् ।

सूचनामा प्रमुख जिल्ला अधिकारीका सवारी चालकसहित जिल्लाभर १८ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएका कारण सेवा रोक्नु परेको जनाइएको छ ।

बिरामी उपचार, मृत्यू संस्कार, सरकारी कामकाज तथा विदेश जानुपर्नेका लागि सवारी सहजीकरण पत्रका लागि इमेल मार्फत पत्र उपलब्ध गराउने सो सूचनामा उल्लेख छ ।

जसका लागि सवारीपासगोरखाएटजीमेलडटकममा इमेल मार्फत नै आवेदन दिन सेवाग्राहीलाई भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्