| मङ्लबार, जेष्ठ ११, २०८३

दरौँदी र लुदी दोभानमा गाडियो मृतक महिलाको शव

गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएर कोरोना पुष्टी भएकी गोरखा नगरपालिका वडा नम्वर ७ की ७५ बर्षीय महिलाको शव व्यवस्थापन गरिएको छ ।

गोरखा नगरपालिका वडा नम्वर १२ स्थित दरौँदी र लुदी खोला दोभानमा शव व्यवस्थापन गरिएको हो । शसस्त्र र नेपाल प्रहरीको सहयोगमा नेपाली सेनाको रणसिंह दल गण गोरखाले सम्मान सहित शव अन्त्येष्टी गरेको जनाएको छ ।

यस अघि गोरखाको पालुङटारका एक ब्यक्तिको मूल्यू हुँदा सोही ठाउँमा शव ब्यवस्थापन गर्न स्थानीयले अवरोध गरेका थिए । यस पटक भने कतैबाट अवरोध नभएको र पूर्व तयारी गरिएकाले सहजै ब्यवस्थापन गर्न सकिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।

कोभिड १९ संक्रमण पुष्टि भएकाहरुको शव सरकारले गाड्ने र त्यसको ब्यवस्थापन सरकारी पक्षबाट गर्ने गर्दै आएको छ । कोरोना भाईरसको संक्रमण फैलन सक्ने खतरा रहेकाले परिवारका सदस्यलाई शव ब्यवस्थापन गर्न दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्