
गोरखा अस्पतालमा मृत्यू भएकी महिलाको शव ब्यवस्थापन सेनाले गर्ने
मृत्यू पछि कोरोना पुष्टि भएकी गोरखा नगरपालिका ७ कि ७५ वर्षिय महिलाको शव ब्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ ।
कोरोना भाईरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले शसस्त्र र नेपाल प्रहरी सहितको सुरक्षामा सेनाले शव ब्यवस्थापन गर्ने निर्णय गरेको हो ।
उक्त शव गोरखा नगरपालिका १२ स्थित दरौँदी नदी र लुदी खोलाको दोभानमा ब्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
साथै मृतकको नजिक सम्पर्कमा रहेकाहरुको पिसिआर तत्काल जाँच गर्ने निर्णय पनि बैठकले गरेको छ । हिजो मृत्यू भएकी महिलाको शव रिपोर्ट नआएकाले गोरखा अस्पतालमा छ ।




