| आइतवार, कार्तिक २२, २०८३

चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।

अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार  भरतपुर–१५ का ७० वर्षीय वृद्धको उपचारको क्रममा आइतबार विहान मृत्यु भएको हो।

भदौ १२ गते छातीमा समस्या भएर अस्पताल भर्ना भएका वृद्धमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

लगत्तै उनलाई आइसीयूमा भेन्टिलेटरको सहयोगमा उपचार गराइएको थियो।

चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासका बावजुत ‘एक्यूट रेस्पिरेटरी फेलियर’ भई विहान ८ बजे मृत्यु भएको डा.लम्सालले बताए।

प्रतिक्रिया दिनुहोस्