| आइतवार, कार्तिक २२, २०८३

उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यू भएकी ७५ वर्षिय महिलालाई कोरोना पुष्टि

उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यू भएकी ७५ वर्षिय महिलालाई कोरोना पुष्टि भएको छ ।

शनिवार अचेत भएपछि गोरखा अस्पतालमा उपचारको क्रममा गोरखा नगरपालिका ७ कि वृद्धाको ज्यान गएको थियो । उनको परिवारका सदस्यलाई शुक्रवार कोरोना पुष्टि भएको र उनलाई पनि कोभिड १९ को संक्रमण भएको हुन सक्ने आशंका चिकित्सकले गरेका थिए । वृद्ध महिला दिर्घरोगि रहेको परिवारले बताएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ति महिलालाई कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिपछि उनको उपचारमा संलग्न गोरखा अस्पतालका स्वास्थ्यकर्मी क्वारेन्टिन बसिसकेको सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्