
मर्स्याङ्दीमा खसेको गाडी खोज्दै गोताखोर टोली
तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित ऐना पहरा नजिकैबाट गाडी मर्स्याङ्दीमा नदीमा खसेको छ ।
कुन गाडी, खस्यो, कति जना सवार थिए भन्ने बारे यकिन भने भएको छैन । गाडी पानीमा पुरै डुबेको दुर्घटनास्थलमा रहेको बादल थकालीले बताए । अहिले गोताखोरको टोली उद्धारको तयारीमा रहेको छ ।
गाडी पोखरा तर्फबाट मुग्लिन तर्फ जाँदै गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।
तस्विर सौजन्य : बादल




