
गोरखा क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको निर्देशिका जलाइयो
गोरखा क्याम्पसका आंशिक प्राध्यापकहरुले त्रिभुवन विश्वबिद्यालयले भदौ १ गते जारी गरेको ‘अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् ।
आफूहरुलाइ करार गर्नुपर्ने माग राख्दै मंगलबार आंशिक प्राध्यापकहरुले उक्त निर्देशिका जलाएका हुन् ।
निर्देशिका आंशिक प्राध्यापक र क्याम्पस दुवैको हितमा नभएको भन्दै आंशिक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइले क्याम्पस हाताभित्र निर्देशिका जलाएको जनाएका छन् । ‘त्रिभुवन विश्वविद्यालयले जारी गरेको निर्देशिकाले हाम्रो मागलाई कत्तिपनि सम्बोधन गरेन,’ इकईकी उपाध्यक्ष मेनुका सुवेदीले भनिन्, ‘त्यसकै विरोधमा निर्देशिका जलाएका हौ ।’
माग पूरा गर्न दबाब दिँदै इकाईले यसअघि गोरखा क्याम्पस प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालावन्दी गरेको थियो ।
गोरखा क्याम्पसमा २३ जना आंशिक प्राध्यापकहरु कार्यरत रहेका छन् ।




