| आइतवार, कार्तिक २२, २०८३

अवैध ढुङ्गा ओसार्ने दुईवटा ट्याक्टर प्रहरी नियन्त्रणमा

अवैध रुपमा खोलाबाट ढुङ्गा संकलन गरेर ल्याइएको दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजार ना ६ त ४८८२ र लु ३ त ५०३१ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए ।

ट्याक्टर कारवाहीका लागि गोरखा नगरपालिका पठाइएको उनले जानकारी दिए । ट्याक्टरलाई प्रहरीले चेकजाँच गर्दा २०७५ सालको रसिद देखाएर चालकले झुक्याउन खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्