| आइतवार, कार्तिक २२, २०८३

दुईसाता लामो निषेधाज्ञा भोलिदेखि हट्ने, सार्वजनिक यातायात भने नचल्ने

 

गोरखामा दुईसाता लामो निषेधाज्ञा सोमबारदेखि हट्ने भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र, कमाण्ड पोष्ट तथा सरोकारवालाहरुको बैठकले गत भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञा खुलाउन प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिने निर्णय गरेको हो ।

‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको सुरक्षाका मापदण्ड अपनाए।र बजार र कार्यालयहरु सबै खुलाउने, तर जिल्ला प्रवेश गर्ने सबै नाकाहरु झन कडा बनाउने निर्णय भएको छ’, बैठकमा सहभागी पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले भने, ‘बजारमा पनि व्युटिपार्लर, सैलुन, चटपटे पसलहरु नखुलाउने निर्णय भएको छ ।’

 

सार्वजनिक यातायात नचल्ने तर निजी कामका लागि निजी सवारी साधन भने खुल्ने भएका उनले बताए ।

गोरखा नगरपालिकाको वडा नं. १३ मा कोरोना संक्रमण तुलनात्मक रुपमा बढि देखिएकाले तत्काल सो वडा भने बन्द नै रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्