
आज एकै दिन कोरोनाबाट काठमाण्डौँमा ६ को मृत्यू, देशभर २०७ पुग्यो
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
देशभर आज मात्रै १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ ।
यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ ।




