
कोरोनाबाट आज मात्रै देशभर १२ जनाको मृत्यू
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर १२ जनाको मृत्यु भएक छ। स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार मोरङमा २ महिला, भक्तपुर र मकवानपुरमा १/१ जना महिलाको मृत्यु भएको छ।
यस्तै उदयपुर, पर्सा, धनुषा, सिराह, झापा, चितवन, कास्की र रुपन्देहीमा १/१ जना पुरुषको निधन भएको छ।
यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १९५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण भएको छ।
१० हजार २ सय २९ जनाको पिसिआर परीक्षण गर्दा ९२७ जनामा कोरोना देखिएको हो। यो सँगै संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।




