| आइतवार, कार्तिक २२, २०८३

बलात्कार आरोपमा पक्राउ पालुङटारका वडा अध्यक्ष कारागार चलान

बलात्कार आरोप लागेका पालुङटार वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन् । जिल्ला अदालत गोरखाले पुर्पक्षका लागि बिहिवार कारागार चलानकोआदेश गरेको हो ।

बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि प्रहरीले साउन १६ गते उनलाई पक्राउ गरेको थियो ।

तत्कालिन नयाँ शक्तिबाट निर्वाचित वडा अध्यक्ष रानाभाटलाई समाजवादी पार्टी गाउँ कमिटिले पनि अनुसन्धानमा सघाउन भन्दै जिम्मेवारीबाट हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्