| आइतवार, कार्तिक २२, २०८३

गाँजा फाड्दै गोरखा प्रहरी

लागु औषधको रुपमा प्रयोग हुने गाँजा फडानीलाई गोरखा प्रहरीले तिब्रता दिएको छ । बुधवार गोरखा प्रहरीले गोरखा नगरपालिका ६ हटिया र पुजारी गाउँमा गाँजा फडानी गरेको हो।

करिब २० रोपनी सार्वजनीक जग्गामा उम्रिएको गाँजाको करिब १२ सय बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए । प्रहरी निरीक्षक प्रकाश भुषालको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा फडानी गरेको हो ।

गोरखामा प्रहरी प्रमुखको रुपमा एसपी सुरेन्द्र गुरुङ आएपछि उनले गाँजा फडानीलाई तिब्रता दिएका छन् । मातहतका प्रहरी चौकीलाई पनि गाँजा फडानी गर्न निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्