| आइतवार, कार्तिक २२, २०८३

दरौँदी तर्दा बेपत्ता बालक २० दिनसम्म भेटिएन

दराैँदी समाचारदाताः दरौँदी नदी तर्ने क्रममा बेपत्ता भएका गोरखाको पालुङटार नगरपालिका १ खुर्पाजुङका एक बालकको शव अझै भेटिएको छैन । साउन २२ गते दरौँदी नदी तर्ने क्रममा बेपत्ता भएका १५ वर्षिय बालक प्रज्वल श्रेष्ठ आज २० दिनसम्म भेटिएका छैनन् । उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए ।

उनी सँगै नदी तर्ने क्रममा बेपत्ता १४ वर्षका सबिन श्रेष्ठको शव भने गोनपा १२ स्थित नदी किनारमा साउन २३ गते भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्