
नेपालमा कोरोनाबाट १५६ जनाको मृत्यू
एकैदिन कोरोनाभाइरसबाट देशका विभिन्न स्थानमा आईतवार ८ जनाको मृत्यु भएको छ ।
आइतबार रुपन्देहीमा ३ जना, झापा, सुनसरी, धनुषा सर्लाही र पर्सामा एकएक जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ ।
यससँगै मृतकको संख्या १५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा गरी १३७ जना संक्रमित आईसीयूमा छन् भने १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।




